हेटौँडामा १ सय ७ केजी गाँजा र बोलेरो गाडीसहित एकजना पक्राउ

स्वर्णिम खबर
१८ आश्विन २०८१, शुक्रबार १२:०७

१८ असोज, हेटौँडा । मकवानपुर प्रहरीले १ सय ७ केजी लागुऔषध गाँजा र बोलेरो गाडी सहित १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नंबर– २ पालुङ बस्ने २४ वर्षिय सुजन तामाङ रहेको प्रहरीले जनाएको छ ।
मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको बा १२ च २८८५ नम्बरको बोलेरो गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा तामाङलाई गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।
प्रहरीले तामाङको शरीर तथा बोलेरो गाडीको ढाला भित्र लुकाई छिपाई ल्याइएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।
लागूऔषध, बोलेरो गाडीसहित तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेका प्रहरी जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*