नाइजेरियाली सेनाले एक वर्षमा ३ सय बढी आतंकवादी मारेको नाइजेरियाली राष्ट्रपतिको दाबी

स्वर्णिम खबर
१७ आश्विन २०८१, बिहीबार ११:४८

१७ असोज, एजेन्सी । नाइजेरियाको सरकारी सेनाले गत वर्ष बोकोहराम आतंककारी समूह र देशका अन्य आतंकवादी संगठनका कम्तीमा ३ सय कमाण्डरहरूलाई मारेको राष्ट्रपति बोला टिनुबुले बताउनुभएको छ ।
देशको ६४ औं स्वतन्त्रता दिवसको सम्झनामा राष्ट्रिय प्रशारणमा टिनुबुले सो कुरा बताउनुभएको हो । देशको उत्तरी भागमा सयौं समुदायमा शान्ति पुनःस्थापित भएको उहाँको दाबी थियो । जहाँ आफ्नो घर छोडेर भागेका हजारौं मानिसहरू फर्किएका छन् ।
टिनुबुले जारी सुरक्षा अपरेसनहरूको साथ नाइजेरियालीहरूले चाँडै खाद्य उत्पादनमा फड्को मार्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*