बागमती प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य

स्वर्णिम खबर
१६ आश्विन २०८१, बुधबार १९:१९

१६ असोज, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाको जारी वर्षे अधिवेशन अन्त्य गर्नुभएको छ ।
प्रदेश प्रमुख देवकोटाले बुधबार राती १२ बजेदेखि लागू हुने गरी अधिवेशन बैठक अन्त्य गर्नुभएको हो । मंगलबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख देवकोटा समक्ष सिफारिस गरेको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने संविधानमा व्यवस्था रहेको छ । सोही व्यवस्था अनुरुप उहाँले अधिवेशन अन्त्य गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*