कृषि विकास कार्यालय चितवनको चालू आर्थिक वर्षका कार्यक्रमहरु सार्वजनिक

स्वर्णिम खबर
१६ आश्विन २०८१, बुधबार १९:०८

१६ असोज, हेटौँडा । कृषि विकास कार्यालय चितवनले चालू आर्थिक वर्षका लागि तय गरेका कार्यक्रमहरु सार्वजनिकरण गरेको छ ।
मकवानपुर समेत कार्य क्षेत्र रहेको कार्यालयले हेटौंडामा कार्यक्रमको आयोजना गर्दै आर्थिक वर्ष २०८१÷८२ मा सञ्चालन गर्ने कार्यक्रमहरु सार्वजनिक तथा गत आर्थिक वर्षमा सम्पादन भएका कार्यहरुको समिक्षा गोष्ठि गरेको हो । जिल्ला समन्वय समितिका उपप्रमुख सानुकाजी लुईँटेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
यस आर्थिक वर्षका लागि बागमती प्रदेशको कृषि मन्त्रालयले ११ करोड २० लाख रुपैयाँ विनियोजन गरेको कार्यालय प्रमुख झलकनाथ कँडेलले जानकारी दिनुभयो । यो रकम गत आर्थिक वर्षको भन्दा २ करोडले कम हो । कार्यपत्र प्रस्तुत गर्दै प्रमुख कँडेलले मकवानपुर जिल्लामा उत्पादन हुने कृषि उपजले वर्षभरी खान पुग्ने स्थिती नरहेको जानकारी दिनुभयो । मकवानपुरमा २५ हजार ५ सय ५६ मेट्रिक टन खाद्यान्न उत्पादन हुने भएपनि जनसंख्याको तुलनामा पर्याप्त नरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा कृषि विकास विज्ञ निर्मल पौडेलले चालू आर्थिक वर्षका कार्यक्रमको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । एक वडा एक उत्पादन क्षेत्र, मौरी घार निर्माण, संरक्षित संरचनामा तरकारी खेती कार्यक्रम, प्रविधि र कृषि प्रसार, रसायनिक मलको विकल्पमा प्राङ्गारिक मल कार्यक्रम लगायतका योजनाका लागि बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*