मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.ज्ञवाली नियुक्त

स्वर्णिम खबर
१६ आश्विन २०८१, बुधबार ११:५४

१६ असोज, हेटौँडा । गत साउन १५ गतदेखि रिक्त मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.प्रदीप ज्ञवाली नियुक्त हुनुभएको छ ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले डा. ज्ञवालीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । पाल्पाका डा.ज्ञवालीलाई ४ वर्षे कार्यकालको लागि नियुक्त गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।
ज्ञवालीलाई सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको सिफारिस र स्वास्थ्य मन्त्री किरण थापाको सहमतिमा मन्त्रिपरिषद् बैठकले उपकुलपतिमा नियुक्त गरेको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ मेडिसिन क्लिनिकल फर्माकोलोजिमा मास्टर्स गरेका डा.ज्ञवाली महाराजगन्ज मेडिकल क्याम्पस एशोसियट प्रोफेसर हुन् । उहाँ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिव समेत भएर काम गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*