अवैध सुन सहित एकजना भारतीय नागरिक हेटौंडामा पक्राउ

स्वर्णिम खबर
१५ आश्विन २०८१, मंगलवार १८:५१

१५ असोज, हेटौँडा । हेटौंडा १५, रातोमाटेबाट मंगलबार अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतका बिहार राज्य फुलबरिया पुर्वी चम्पारण बरेवा बस्ने बर्ष ३४ को सुजित सर्राफ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
विशेष सूचनाको आधारमा सर्राफलाई ४९० ग्राम ८८० मिलिग्राम सुनसहित पक्राउ गरेको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो ।
विरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ज ६९६ नम्वरको यात्रुबाहक ईभी माईक्रोलाई रोकी चेकजाँच गर्ने क्रममा सर्राफको साथबाट बिलबिजक नभएको बिस्कुटको आकारको ४ टुक्रा, बस्कुटको सानो टुक्रा १ थान, सिक्री १ थान बरामद भएपछि निजालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सरार्फको साथबाट बरामद भएको उक्त परिणामको सुनको बजार मूल्य ६७ लाख ३४ हजार ५४४ नेपाली रुपैयाँ रहेको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*