आन्तरिक उडानलाई व्यवस्थित बनाउन विमानहरुको कमी भएको मन्त्रीकै गुनासो

स्वर्णिम खबर
१५ आश्विन २०८१, मंगलवार १३:१२

१५ असोज, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक उडानलाई व्यवस्थित बनाउन विमानहरुको कमी रहेको गुनासो गर्नुभएको छ ।
मंगलवार मन्त्रालयमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ध्यानाकर्षण पत्रपछि बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेविसंघले अहिले चाडपर्वको समय रहेको र मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध रहेकाले हवाई उडानमार्फत चाडवाडका लागि गाउँ फर्किनेहरुको व्यवस्थापन गर्न र हवाई भाडा वृद्धि भएकोमा नियन्त्रण गर्न मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए ।
ध्यानाकर्षणपछि बोल्दै मन्त्री पाण्डेले नेपालमा अहिले ५२ वटा विमानस्थलहरु रहेको र सबै सञ्चालन गर्न विमानहरुको अभाव रहेको बताउनु भयो । उहाँले आन्तकिर ट्विनएटर विमानहरु ९÷१० वटा मात्रै भएकाले सञ्चालन गर्न कठिनाइ भइरहेको उल्लेख गर्नुभयो ।
उहाँले नेपाल एयरलाइन्सको जम्मा एउटा मात्रै ट्विनएटर रहेको भन्दै समाधान गर्ने दिशामा निगमलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारेमा सरकारले आवश्यक काम गरिरहेको बताउनु भयो । मन्त्री पाण्डेले निजी क्षेत्रलाई थप विमान ल्यान प्रोत्साहन गर्नेगरी सरकार अघि बढिरहेको बताउनु भयो । ७ वटा प्रदेशले सात वटा ट्विनएटर किनेर सञ्चलन गर्नेकुरा आफूले पूर्वपर्यटनमन्त्रीहरुसँग छलफल गरिसकेको पनि जानकारी ग्राउनु भयो ।
मन्त्री पाण्डेले सरकारसँग आन्तरिक उडानका लागि आवश्यक विमान नहुनु र निजी क्षेत्रलाई आग्रह गर्दा स्वभाविक रुपमा बार्गेनिङ हुने गरेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*