बजेट कार्यान्वयन नभए बजेट बनाउनुको कुनै अर्थ छैनः मन्त्री काफ्ले

स्वर्णिम खबर
१० आश्विन २०८१, बिहीबार १९:११

१० असोज, हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले शतप्रतिशत बजेट कार्यान्वयन हुनुपर्ने आफ्नो मन्त्रालयको नीति रहेको बताउनुभएको छ ।
सम्बधित मन्त्रालयका मन्त्री र सचिवहरुलाई बजेट कार्यान्वयनको लागि अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।
स्वर्णिम खबर डटकमसंग कुराकानी गर्नुहुँदै मन्त्री काफ्लेले बजेट कार्यान्वयन नभएमा बजेट बनाउनुको कुनै अर्थ नहुने समेत बताउनुभयो ।
मन्त्री काफ्लेले प्रदेशका २ जिल्लामा वित्त नीति र बजेट कार्यान्वयनको विषयमा छलफल र अन्तरक्रिया गरिएको जानकारी दिनुभयो ।
उहाँले लगानी गरेर पुरा नभएका योजनाहरुको प्रदेश सरकारले अनुगमन गर्ने बताउनुभयो । प्रदेशका गौरवका योजनाहरु लथालिंग हुने अवस्थाको अन्त्य गर्नमा प्रदेश सरकारको विशेष जोड रहने उहाँको भनाई छ ।
मन्त्री काफ्लेले सम्भावित लगानीका क्षेत्रहरुको वस्तुस्थिति बुझेर मात्र प्रदेश सरकारले लगानी गर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*