प्यालेस्टाइनी प्रधानमन्त्रीद्वारा गाजामा इजरायल युद्धको निन्दा

स्वर्णिम खबर
९ आश्विन २०८१, बुधबार ११:२२

९ असोज, एजेन्सी । प्यालेस्टाइनका प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघको बैठकमा गाजामा इजरायलको आक्रमणको निन्दा गर्दै आक्रामकता रोक्न अन्तर्राष्ट्रिय समुदायले तत्काल कदम चाल्नुपर्ने बताउनुभएको छ ।
प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद मुस्तफाले संयुक्त राष्ट्र संघको भविष्यको शिखर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उक्त टिप्पणी गर्नुभएको हो । मुस्तफाले युद्धग्रस्त प्यालेस्टाइनका मानिसहरूलाई सहयोग गरेकोमा विश्वसमुदायलाई धन्यवाद दिनुभयो ।
युद्ध रोकिएको खण्डमा प्यालेस्टाइनले अझै आर्थिक वृद्धि र दिगो विकास हासिल गर्नसक्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*