बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नेपाल नियुक्त

स्वर्णिम खबर
२६ भाद्र २०८१, बुधबार १९:२२

२६ भाद्र, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुपाल्चोकका डा.गंगादत्त नेपाललाई नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले लामो समयदेखि रिक्त आयोगको उपाध्यक्ष पदमा नेपाललाई नियुक्त गरेको हो । त्यसैगरी आयोगको सदस्यहरुमा काभ्रेका गुणराज मोक्तान र काठमाडौंका डा.दिपेन्द्र श्रेष्ठलाई नियुक्त गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।
त्यस्तै सामाजिक विकास मन्त्रालयको प्रस्ताव र युवा तथा खेलकुद मन्त्रालयको सहमतिमा प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नुवाकोटका दिपक लामालाई नियुक्त गरिएको मन्त्री लामिछानेले बताउनुभयो । खेलकुद परिषद्लाई खेलकुद मन्त्रालय मातहात ल्याउने गरी ऐन संशोधन गर्ने तयारी समेत भएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवद्र्धनलाई प्रदेश सरकारले नगदसहित सम्मान गर्ने तयारी गरेको पनि मन्त्री लामिछानेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*