पाकिस्तानमा मनसुन वर्षा सम्बन्धी दुर्घटनामा २९३ जनाको मृत्यु, ५६४ घाइते

स्वर्णिम खबर
१९ भाद्र २०८१, बुधबार ११:२७

१९ भाद्र, एजेन्सी । नेशनल डिजास्टर म्यानेजमेन्ट अथोरिटीका अनुसार पाकिस्तानका केही भागहरूमा मनसुन सिजनको अविरल वर्षाले विगत दुई महिनामा दुई सय ९३ जनाको मृत्यु भएको छ ।
एजेन्सीका अनुसार अन्य ५ सय ६४ जना घाइते भएका छन् । भारी वर्षाले देशभर १९ हजार ५७२ घर, ३९ पुल र धेरै विद्यालयमा जुलाई १ देखि अगस्ट ३१ सम्म आंशिक वा पूर्ण क्षति पुगेको एनडीएमएले जनाएको छ ।
अधिकांश क्षति र हताहत पूर्वी पञ्जाव प्रान्तमा भएको छ । जहाँ ११२ मानिसहरूले आफ्नो ज्यान गुमाएका थिए । ३०२ जनाले मुसलधारे वर्षाका कारण घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तमँ ८८ जनाको मृत्यु र १२९ घाइते भएका छन् ।
एनडीएमएले आगामी दिनमा पाकिस्तानका केही भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*