नेशनल गोल्ड टेलिभिजन र हेटौंडा एफएमले खुल्ला तीजगीत महोत्सव गर्ने

स्वर्णिम खबर
१५ भाद्र २०८१, शनिबार ०८:२५

१५ भाद्र, हेटौँडा । नेशनल गोल्ड टेलिभिजन र मकवानपुरकै पुरानो रेडियो स्टेसन हेटौंडा एफएमले यस वर्ष पनि खुल्ला तीजगीत महोत्सव गर्ने भएको छ ।
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा बिगतमा जस्तै यसवर्ष पनि तीज गीत महोत्सवलाई निरन्तरता दिन लागिएको प्रवन्ध निर्देशक उज्वल चौलागाईले जानकारी दिनुभयो । यहि भाद्र २१ गते हरितालिका तीजकोे दिन हेटौंडा ४ मा रहेको पशुपती मन्दिर परिसरमा १६ औं तीजगीत महोत्सव हुने चौलागाईले बताउनुभयो ।
मौलिकता तथा परम्परा जर्गेना गर्ने अभिप्रायले आयोजना गरिँदै आएको महोत्सवमा राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । यसवर्ष चर्चित लोक गायिकाहरु सहिमा श्रेष्ठ, प्रतिभा सापकोटा, बन्दना पाण्डे र बाल कलाकार आयुषा गौतम, हाँस्यकलाकार तथा जादुगर राजेन्द्र गिरी (गुन्द्रुके), नेपालकै सबैभन्दा होचा व्यक्ति मनोज गोर्खाली आउनु हुने प्रवन्ध निर्देशक चौलागाईले बताउनुभयो ।
यसवर्ष पनि पुर्ण शाक्य एण्ड सन्स सुनचाँदी पसलको मुख्य प्रायोजन तथा शिवम् सिमेन्टको सहप्रायोजनमा हुने तीजगीत महोत्सव बिहान ११ बजेदेखि सुरु हुनेछ । महोत्सवमा प्रवेश निःशुल्क रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*