हेटौंडा १५ का बोम्जनलाई मिस्टर नेपालको ताज जिताउन भोटको अपिल

स्वर्णिम खबर
२ भाद्र २०८१, आईतवार १८:०८

२ भाद्र, हेटौँडा । मिस्टर नेपाल २०२४ मा सहभागिता जनाएका हेटौंडा १५ का आयुष बोम्जनलाई जिताउन अभियान थालिएको छ ।
विभिन्न चरण पार गर्दै उत्कृष्ट ३८ भित्र पर्नुभएका बोम्जनलाई जिताउन परिवारले भोटको अपिल गरेका हुन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै बोम्जनका बुबा केशर बोम्जनले मकवानपुरबासीमा भोटको अपिल गर्नुभएको हो । बोम्जनलाई धेरै भन्दा धेरै भोट दिएर मिस्टर नेपालको ताज जिताउन उहाँले आग्रह गर्नुभयो । मकवानपुरे जनताको अमूल्य साथले श्रृखला खतिवडाले मिस नेपाल जितेको स्मरण गर्दै मकवानपुरलाई फेरी विश्वसामु चिनाउने अवसर आएको उहाँले बताउनुभयो ।
कन्टेस्टेन नम्बर ६ का आयुषलाई जिताउन प्रचार प्रसार तीव्र बताउँदै अभियान नै चलाइएको वडा नम्बर १५ का अध्यक्ष सुनिल मोक्तानले बताउनुभयो । आयुष वडाको मात्रै नभई जिल्लाकै शान भएकाले भोटका लागि अपील गर्नुभयो । प्रतियोगिताको टाइटल विजेताले मिस्टर वल्र्ड २०२४ मा सहभागिता जनाउनुका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा स्नाकोत्तर अध्ययनरत आयुषलाई इसेवा मार्फत् भोट गर्न सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*