प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

स्वर्णिम खबर
२ श्रावण २०८१, बुधबार १८:४०

२ श्रावण, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिनुहुने भएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लाग्नु भएको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । एमाले अध्यक्ष ओली संविधानको धारा ७६ (२) अनुसार असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । धारा ७६ (४) अनुसार नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर प्रधानमन्त्री ओलीले सपथ लिएकै दिन ६ गते विश्वासको मत लिन चाहेको मौखिक जानकारी संसद सचिवालयलाई गराउनुभएको थियो तर बुधबार मात्र औपचारिक पत्र गएको छ ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । ओलीसँग दुई तिहाई बहुमत देखिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु