हामी छौ टिमद्वारा थाहाकी नेपाली छनौट

स्वर्णिम खबर
२१ असार २०८१, बिहीबार ०८:१५

२० असार, हेटौँडा । देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ देशका विभिन्न भागबाट छायांकन भैरहेको डकुड्रामा “हामी छौ“ को टोली थाहाको शिखरकोट आइपुगेको छ ।
सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको डकुड्रामाले थाहा नगरपालिका वडा न ४ मा रहेकी बिपन्न तथा एकल दलित महिला चिनीमैयाँ नेपालीलाई छनौट गरिएको डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले जानकारी दिनुभयो ।
डकुड्रामा मार्फत सात प्रदेशबाट ७ जना व्यक्ति छनोट गरिएको छ,जो वास्तविक जीवनमै पीडित छन् । हरेक मान्छेलाई हरेक एपिसोडमा राम्रो आर्थिक सहयोग गर्ने तयारी निर्माण पक्षको छ । डकुड्रामाको उद्देश्य चाहिने भन्दा बढि आर्थिक रुपमा पीडितलाई सहयोग गर्ने रहेको ड्रामाकी कलाकार तथा निर्माता सलिना बस्नेतले बताउनुभयो ।
थाहा ४ मा रहेकी चिनीमैया नेपाली छनौट भएसंगै निर्माण टोली १९ असारमा शिखरकोट आएको थियो । निर्माण टिमले तत्काल २५ हजार नगद सहित एउटा लुगा सिलाउने मेसिन प्रदान गरेको छ भने अवको आर्थिक सहयोग नेपालीको बैंक खातामा जम्मा हुने प्रस्तुतकर्ता बस्नेतले बताउनुभयो ।
अहिले लाई निज चिनीमैयाँ नेपाली र थाहा वडा न ४ का अध्यक्ष नारायण लामाको नाममा कामना सेवा बिकास बैंकमा संयुक्त खाता खोलिएको प्रस्तुतकर्ता बस्नेतले जानकारी दिनुभयो ।


थाहा नगरपालिका भित्र रहेका पर्यटकिय क्षेत्रलाई चलचित्र मार्फत देश तथा बिदेश पु¥याउँदै आइरहेका बस्नेतले सामाजिक सेवा तर्फको कदमले पनि थाहा नगरपालिका नै रोजेका छन् । डकुड्रामाको सुटिङनै थाहाको चित्लाङबाट गरेका बस्नेतले थाहा भित्रको अर्को एक जना अति बिपन्न लाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शोभित बस्नेत प्रस्तुतकर्ता रहेको डकुड्रामा आगामी दसैंमा ओटिटी फर्मबाट रिलिज हुने जनाइएको छ। यो डकुड्रामा ७ भागको हुनेछ ।

सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिका रहेको डकुड्रामामा त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, गणेश बुढाथोकीलगायत कलाकारको अभिनय छ । सुशील देवकोटाको लेखन रहेको डकुड्रामाका निर्देशक रामजी राउत हुन् । रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत रहने डकुड्रामालाई बन्दे प्रसादले सम्पादन गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*