राधेश्याम स्मृति साहित्य सम्मान– २०८० कवि आचार्यलाई प्रदान
२८ फागुन, हेटौँडा । राधेश्याम विजया फाउण्डेशनले स्थापना गरेको राधेश्याम स्मृति साहित्य सम्मान– २०८० मकवानपुरे कवि पुरुषोत्तम आचार्यलाई प्रदान गरिएको छ ।
लामो समयदेखि साहित्य क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका आचार्यलाई ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार राशी सहित सम्मानपत्रद्धारा सम्मानित गरिएको हो । फाउण्डेशनले दस हजार पाँच रुपैयाँ राशीेको विजयादेवी शैक्षिक पुरस्कार पवित्रा तिमल्सिनालाई प्रदान गरेको छ । एस.ई.ई. मा उत्कृष्ट नतिजा हासिल गरेको भन्दै तिमल्सिनालाई सम्मानित गरिएको हो ।
राधेश्याम विजया फाउण्डेशनका अध्यक्ष अरुणकुमार खतिवडाको अध्यक्षतामा भएको कार्यक्राममा कथाकार एवं अग्रज लेखक नवराज शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हास्य व्यग्यकार एवं बुढ्यौली साहित्य समाजका अध्यक्ष आरसी रिजाल, सर्जक सञ्जाल मकवानपुरका संयोजक एवं लेखक निमेष निखिल, हर्नामाडी कला प्रतिष्ठानकाा अध्यक्ष हर्क रम्तेल लगायतले मन्तव्य राखेका थिए । मकवानपुरको शैक्षिक सामाजिक तथा राजनीतिक क्षेत्रमा योगदान पु¥याउनुभएका स्वर्गीय वामपन्थी नेता राधेश्याम खतिवडा र ८६ वर्षिया आमा विजयादेवी खतिवडाकोे नाममा उहाँका छोराहरु अरुण खतिवडा र बरुण खतिवडाले २०७६ सालमा दश लाख रुपैयाँको अक्षय कोष खडा गरि फाउण्डेशको स्थापना गर्नुभएको हो । फाउन्डेशनले विभिन्न सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।