विदेशी दर्शकलाई टार्गेट गरेर चलचित्र बनाउनुपर्छः अध्यक्ष केसी

स्वर्णिम खबर
७ फाल्गुन २०८०, सोमबार २०:३२

७ फागुन, हेटौडा । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्ने बताउनुभएको छ ।
मकवानपुरमा शुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालामा बोल्नुहुँदै अध्यक्ष केसीले नेपाली फिल्मबाट नै नेपालका मनमोहक दृश्यहरुलाई विश्वसामु देखाउन सक्नुपर्ने बताउनु भयो । उहाँले मुस्ताङ, मनाङ लगायतका स्थानमा नेपाली चलचित्र कैद गरेर प्रदर्शन गर्दा आन्तरिक र वाह्य पयर्टकहरु बढाएको उल्लेख गर्नुभयो । उहाँले नेपाली चलचित्रलाई विश्वमाझ पु¥याउने चुनौति अबका दिनमा नेपाली चलचित्रकर्मीहरुसँग रहेको बताउनु भयो । अध्यक्ष केसीले विदेशी दर्शकलाई पनि टार्गेट गरेर आगामी दिनमा चलचित्र निर्माण गर्नुपर्ने बताउनु भयो ।


कार्यक्रममा अभिनेत्री केकी अधिकारीले सिनेमा पर्यटनलाई विशेष जोड दिन आवश्यक रहेको बताउनु भयो । उहाँले सिनेमामा नेपाली सौन्दर्यताहरुर कैद गरेर ति दृश्यहरु प्रश्तुत गर्दा आन्तरिक र वाह्य पर्यटकहरु बढेको बताउनु भयो । उहाँले नेपालका प्राकृतिक सौन्दर्यतासँगै नेपाली चलचित्रका लागि आन्तरिक सम्भावना भएका ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको बताउनु भयो ।


कार्यक्रममा अभिनेता तथा निर्देशक निश्चल बस्नेतले दिमाग खराबको रिभ्युमा रंगपत्रकारहरुले गरेको रिभ्युमा आक्रोश व्यक्त गर्नुभयो । फिल्म पत्रकारले फिल्मको बारेमा भन्दा बढी फलानो पार्टीलाई पोस्न फिल्म बनाइयो भन्ने किसिमको रिभ्यु लेखेको भन्दै आक्रोश जनाउनु भयो । फिल्मलाई फिल्मको नजरबाट हेर्न आवश्यक रहेको बताउनु भयो ।


अभिनेता बस्नेतले राम्रो फिल्म बनाउँदा राम्रो भन्न सक्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*