मकवानपुर गोल्डकपः पारो माथि बागमतीको सहज जीत, क्वार्टरफाइनलमा स्थान सुरक्षित

स्वर्णिम खबर
१६ माघ २०८०, मंगलवार २१:१९

१६ माघ, हेटौँडा । हेटौंडामा मंगलबारदेखि सुरु भएको छैटौं संस्करणको शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकपमा सर्लाहीको बागमती युथ क्लबले विजयी सुरुवात गरेको छ ।
हेटौंडा ६ गौरीटार रंगशालामा भएको खेलमा विदेशी क्लब भुटानको पारो फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै बागमतीले सुखद् सुरुवात गरेको हो । जितसंगै बागमतीले क्वार्टरफाइनलमा पनि स्थान बनाएको छ । खेलको चौथो मिनेटमा राज भुसालले गोल गर्दै बागमतीलाई अग्रता दिलाएका थिए ।
खेलको २८ औं मिनेटमा श्रीजन गौतमको गोलबाट बागमतीले अग्रता दोब्बर बनायो । यसैगरी खेलको ६० औं मिनेटमा भुसालले व्यक्तिगत दोस्रो गोल गर्दै बागमतीलाई ३–० को अग्रता दिएका लिए ।
पारो क्लबका लागि सिरब दर्जीले ८१ औं मिनेटमा सान्त्वना गोल फर्काए । खेलको म्यान अफ दि म्याच बागमतीका राज भुसाल घोषित भए । बागमतीले सेमिफाइनल प्रवेशका लागि आयोजक मकवानपुरसँग खेल्नेछ । गोल्डकपमा बुधवार न्यूरोड टिम काठमाडौं र हिमालयन शेर्पा भिड्ने छ ।
बिजेतालाई नगद १५ लाख, उपविजेतालाई १० लाख र सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल पुरस्कार रहेको गोल्डकपमा आयोजकसहित आठवटा ए डिभिजन क्लब, एउटा विदेशी, दुईवटा मोफसलका क्लब गरी १२ टिमले सहभागिता जनाएका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु