हेटौंडा बचतको २४ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्णिम खबर
२१ पुष २०८०, शनिबार १९:१०

२१ पुस, हेटौँडा । हेटौंडा ७ स्थित हेटौंडा बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको २४औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सँस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतले अध्यक्षको बार्षिक नितिसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले सँस्थामा मंसिरसम्ममा ६ हजार ९ सय ३१ जना सदस्यको कुल शेयर पूँजी ४ करोड ३६ लाख ९४ हजार २ सय रहेको जानकारी दिनु्भयो । यस्तै आर्थिक बर्ष २०७९ –८० मा सँस्थाको बचतमा झन्डै २ करोड वृद्धि भइ ४८ करोड ६६ लाख ५६ हजार ८ सय ९९ रुपैयाँ बचत भएको पनि अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । सँस्थाले हाल मासिक बचत, दैनिक बचत, आबधिक बचत, पेन्सन बचत, बाल बचत, पव बचर्त , ऐच्छिक बचत लगायतका शिर्षकहरुमा बचत गर्दै आएको छ । संस्थाले आकस्मिक दुर्घटनामा परी उपचार गराउनुपर्ने सदस्यका लागि यस बर्ष १२ जनालाई ४ हजारको दरले सहयोग प्रदान गरेको जानकारी दिएको छ । कार्यक्रममा वडा नं ७ का पूर्वअध्यक्ष राजन थापा, जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनिधी लगायत हेटौंडाका विभिन्न वडाका बचत तथा ऋण सहकारी सँस्था का प्रतिनिधीहरु र वडाका विभिन्न संघ सँस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु