चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा खड्का चयन

स्वर्णिम खबर
२५ पुष २०७९, सोमबार १३:२४

२५ पुस, हेटौँडा । चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा कपिल खड्का चयन हुनुभएको छ ।
सोमबार भएको संघको १३ औं वार्षिक साधारणसभाबाट खड्काको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन भएको हो । संघको उपाध्यक्षमा श्रीराम अर्जुन, सचिवमा रविन्द्र गौतम र कोषाध्यक्षमा मनोज देवकोटा, सहसचिवमा दिपेश दाहाल चयन हुनुभएको छ । यसैगरी सदस्यमा मञ्जु मैनाली, सन्नु रिजाल, प्रवेश धिताल चयन हुनुभएको छ । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ । यसअघि अध्यक्ष कपिल खड्काको सभाध्यक्ष तथा बागमती प्रदेश सरकारका भौतिक पुर्वधार राज्यमन्त्री सन्त बहादुर चेपाङको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रममा चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी, निवर्तमान अध्यक्ष तथा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, पूर्व अध्यक्ष रामशरण दुलाल, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*